रुसद्वारा अंगारा–ए–५ अन्तरिक्ष रकेट सफलतापूर्वक प्रक्षेपण
SamacharDesk | २०८० चैत्र ३०, शुक्रबार

रसियाको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसको प्रत्यक्ष प्रशारणका अनुसार रूसले बिहीवार भोस्टोचनी कोस्मोड्रोमबाट अंगारा–ए ५ अन्तरिक्ष रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
यस प्रकारको रकेट सुदूरपूर्वको अमुर क्षेत्रमा रुसी स्पेसपोर्टबाट उडेको यो पहिलो पटक हो । अन्तरिक्ष रकेट प्रक्षेपण यसअघि बुधवार र मंगलवार इन्जिन प्रक्षेपण नियन्त्रण प्रणालीको असफलता र रकेटको अक्सिडाइजर ट्याङ्कीको प्रेसराइजिङ सिस्टममा समस्याका कारण रद्ध गरिएको थियो ।
अंगारा हल्कादेखि भारी वर्गसम्मका रूसी क्यारियर रकेटहरूको समूह हो । तिनीहरूले इन्धनको रूपमा मट्टितेल र तरल अक्सिजन प्रयोग गर्छन् । जुन पर्यावरण अनुकूल घटक हुन् ।
रकेटहरूको अंगारा परिवारले उपग्रहहरूलाई तल्लो पृथ्वीको कक्षामा तैनाथ गर्ने उद्देश्य राखेको छ ।
जस्तै स्पेक्ट्र–यूभी अर्बिटल अब्जर्भेटरी, सम्भावित रूसी अर्बिटल स्टेशनका धेरै मोड्युलहरू र नयाँ पुस्ताको लागि तयार गरिएको यातायात जहाज पिटिके एनपी, जसले कर्मचारीहरूलाई स्टेशनमा पु¥याउनेछ ।
Categorized in अन्तर्राष्ट्रिय