arin enterprises

कोरोना भाइरसबाट बढि प्रभावित दोश्रो देशमा रसिया

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ५, सोमबार

रसियामा कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार नाघेको छ । यससँगै रसिया कोरोनाबाट बढी प्रभावित दोश्रो देश बन्न पुगेको छ ।

अप्रिलबाट संक्रमणको दर बढ्न थालेको रसियामा अहिले कुल संक्रमित संख्या २ लाख ८१ हजार ७ सय ५२ पुगेको छ । 

संक्रमण दिनानुदिन हजारौंको संख्यामा बढ्दै गरेको रसियामा आज मात्र ९ हजार ७ सय ९ जना नयाँ संक्रमित थपिएका छन् । 

संक्रमणको दर उच्च रहे पनि मृत्युदर भने यहाँ निकै कम छ । यहाँ हालसम्म २ हजार ६ सय ३१ जनाको मृत्यु भएको छ ।

६७ हजार ३ सय ७३ जनाले कोरोना विरुद्धको युद्ध जितेर निको भइ घर फर्केका छन् । 

रसियाको राजधानी मस्को रसियाकै कोरोना ‘हटस्पट’ बनिरहेको छ । 

तथ्याङ्कक अनुसार मस्कोमा कुल संक्रमित संख्या १ लाख ३५ हजार ४ सय ६४ जना रहेको छ । तीमध्ये २४ हजार ५ सय ६२ जनाले स्वास्थ लाभ गरेका छन् भने १ हजार ३ सय ५८ जनाले ज्यान गुमाएका छन् ।

दोस्रोमा मस्को ओब्लास्ट छ । यहा २५ हजार ५ सय २५ जनामा संक्रमण देखिएको छ । २२ हजार ८ सय ४ जना उपचारपछि निको हुँदा २ सय २३ जनाको ज्यान गएको छ ।

त्यसै गरि सेन्ट पीटर्सबर्गमा ९ हजार ४ सय ८६ , निज्नी नोभ्गोरड ओब्लास्टमा ५ हजार ९ सय ३ र  दागेस्तान रिपब्लिकमा ३ हजार १ सय ९२ जना संक्रमित छन् ।

रसियन मिडियाका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवमा र प्रधानमन्त्री मिखायल मिसुस्टीनमा समेत कोरोना भाइरस (कोभिड(१९) पोजेटिभ देखिएको छ ।

संक्रमितको संख्या बढिरहेकै अवस्थाका बीच पुटिन सरकारले केहि दिन अघिबाट लकडाउन भने खुकुलो बनाएको छ । 

यद्यपि, आवश्यक परेको खण्डमा केही क्षेत्रमा भने प्रतिबन्ध कायम रहने उनको भनाइ छ । 

यसअघि राजधानी सहर मस्कोका मेयरले लकडाउन मे ३१ सम्म लम्ब्याउने निर्णय गरेका थिए । 

अहिले लकडाउन खुकुलो बनाइएसँगै निर्माण र औद्योगिक क्षेत्रमा काम गर्ने कामदारहरु काममा फर्किन पाउनेछन् । तर, उनीहरुको लागि मास्क अनिवार्य गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय