arin enterprises

आफ्नो खोपमाथि शंका गर्नेलाई रुसले जवाफ दियो

SamacharDesk – बिकाश | २०७७ श्रावण २८, बुधबार

रूसले कोरोनाको आफ्नो खोपको विषयमा उठेका अन्तर्राष्ट्रीय चिन्ता र टिकाटिप्पणीहरुलाई आधारहीन बताएको छ ।

रूसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले बुधवार रूसी समाचार एजेन्सी इन्टरफक्ससँग कुरा गर्दै भनेको छन्, ‘हाम्रा विदेशी साथिहरुले प्रतियोगितामा रूसी औषधी अगाडी पर्नुको फाइदा बुझिसकेका छन् जस्तो छ । त्यसैले उनीहरुले आधारहीन कुरा गरीरहेका छन् ।’

साथै मन्त्री मुराश्कोले खोपको पहिलो खेप आगामी दुइ सातामा आउने र सबभन्दा पहिले यो डाक्टरहरुलाई दिइने पनि बताउनुभयो ।

आउँदो अक्टोबरमा ठुलो संख्यामा यसको उत्पादन गरेर भ्याक्सिनेसन शुरु गर्ने रूसी अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।

गएको मंगलवार रूसी राष्ट्रपति भ्लादिमिर पुटिले आफ्नो देशका वैज्ञानिकहरुले कोरोना विरुद्धको खोप बनाएको र यसलाई करीब दुई महिनासम्म मानिसमा क्लिनिकल ट्रायल समेत गरेको दावी गरेको थियो ।

पुटिनले यो खोप आफ्नो छोरीलाई समेत दिएको बताएका थिए ।

तर रूसले यति चाँडै खोप बनाएको दावीमाथि जर्मनी, फ्रान्स, स्पेन र अमेरीकाका वैज्ञानिकहरुले शंका व्यक्त गर्दै सतर्क रहन आग्रह गरेका थिए ।

विश्व स्वास्थ्य संगठनले यस भ्याक्सिनको समीक्षाका लागि रुसी अधिकारीहरुसँग सम्पर्क गरीरहेको बताएको छ ।

विश्व स्वास्थ्य संगठनले अहिले ६ वटा खोप काम भइरहेको र यो रूसी भ्याक्सिन ती ६ मध्येमा नपरेको पनि बताएको छ ।

Categorized in विज्ञान-प्रविधी