arin enterprises

रूसले प्रतिबन्धविरूद्धको अपिल फिर्ता लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २३, बुधबार

 विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको विश्वकप खेल्न प्रतिबन्धविरूद्ध गरेको अपिल रूसले फिर्ता लिएको छ ।

रूसले राष्ट्रिय पुरूष र महिला टोलीलाई प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने माग गर्दै फुटबलको विश्व र युरोपेली प्रशासक निकाय विरूद्ध खेलकुदको मध्यस्थता अदालत (क्यास) मा गरेको अपिल फिर्ता लिएको हो ।

रूसले युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक (यूईएफए) ले  रूसका सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएको थियो।

उक्त प्रतिबन्धसँगै रुसले विश्वकप छनोट अन्तर्गत पोल्याण्डविरुद्धको प्ले अफ खेल गुमाएको थियो ।

पोल्याण्ड विश्वकपमा छनोट भईसकेको छ ।

Categorized in स्पाेर्ट्स