arin enterprises

रुसी राष्ट्रपति पुटिनले सर्वियाका राष्ट्रपतिसँग माफी मागे

SamacharDesk – बिकाश | २०७७ भाद्र २७, शनिबार

रूसी विदेशमन्त्रीको एक फेसबुक पोस्टका कारण राष्ट्रपति भ्लादिमीर पुटिनले सर्बियन राष्ट्रपति अलेक्जेन्डर वुचिचसँग माफी मागेका छन् । 

रूसी विदेश मन्त्रालयका प्रवक्ता मरिया जखारोवाले आफ्नो फेसबुक वालमा एउटा फोटो पोस्ट गरेकी थिइन् ।

उक्त फोटोमा सर्वियन राष्ट्रपति वुचिच र अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प थिए भने त्यसैको मुनि हलिउड अभिनेत्री शेरोन स्टोनको खुट्टाको तस्वीर थियो ।

सो फोटोसँगै आफ्नो पोस्टमा मरियाले अमेरीकी राष्ट्रपति ट्रम्पले सर्वियन राष्ट्रपति वुचिचसँग सोधपुछ गर्दै गरेको जस्तो देखिएको भनेर लेखेकी थिइन् ।

पोस्टमा लेखिएको थियो ‘यदि तपाईँलाई व्हाइट हाउसमा बोलाइयो तर तपाईँको कुर्सी यसरी राखियो कि जसरी तपाईँलाई कुनै जाँचबुझको लागि बोलाइएको हो, यसमा दोश्रो तस्वीरमा (शेरोन स्टोन) जस्तै बस्नु राम्रो होला । तपाईँ चाहे जो कोही होस्, कुरा मानी हेर्नु ।’

बिहिबारका दिन वुचिचले सर्बियन टीवीमा अन्तर्वार्ताको क्रममा राष्ट्रपति पुतिन अथवा उनका विदेशमन्त्रीले आफुसँग कहिल्यै कुनै कुराको लागि माफी नमागेको बताउँदै तर यस पटक भने दुवैले माफी मागेको जानकारी गराए ।

आफुसँग फोनमा भएको कुराकानीमा पुटिनले दुवै देशको सम्वन्ध राम्रो रहेको र आफ्नो लागि यो मामिला अनावश्यक र आउँदै जाँदै गरेको खालको भएको बताएको बुचिचले खुलासा गरे ।

आफ्नो फेसबुक पोस्टमा आपत्ति पछि मारियाले गत आइतबार माफी माग्दै आफ्नो टिप्पणीलाई गलत ढङ्गले बुझिएको बताएकि थिइन् ।

आफ्नो पोस्ट सर्बियाका राष्ट्रपतिप्रति नभई अमरीकाको घमन्डमाथि लक्षित रहेको उनको स्पष्टिकरण थियो ।

अभिनेत्री स्टोनको खुट्टाको यो आपत्तिजनक स्क्रीनशट ‘बेसिक इंस्टिक्ट’ फिल्मबाट लिइएको थियो, जुन पहिला नै निकै विवादित बनेको थियो ।

जÞखारोवाको यो फेसबुक पोस्ट वुचिचले व्हाइट हाउसमा कोसोवोसँग सहयोग  सन्धीमा हस्ताक्षर गर्दाको वखत अगाडी आएको हो ।

उनको यो पोस्ट सर्बिया र अमरीकाको संबंधलाई लिएर रुसको चिन्ताको दृष्टिले हेरिएको छ ।

सर्बियाले लामो समयदेखि रूसको सहयोगी रहँदै आएको छ र दुवै कोसोवोलाई स्वतन्त्र राष्ट्र मान्दैनन् ।

यो पोस्ट पछि राष्ट्रपति वुचिचले टीभिमा भनेका थिए, ‘मरिया जखारोवाले प्राय आफ्नै बारेमै कुरा गर्छन् । उनको पुरानो विचार र वाहियातपनले उनको बारेमा मात्र नभई उनलाई त्यो पद दिनेहरुको बारेमा पनि बताउने गरेको छ ।’

Categorized in अन्तर्राष्ट्रिय