arin enterprises

यु.एस ओपन टेनिस महिलातर्फको उपाधि बेलारुसकी साबालेन्कालाई

SamacharDesk | २०८१ भाद्र २३, आइतबार

जेसिका पेगुलालाई हराउँदै यस वर्षको यु.एस ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी अरिना साबालेन्काले जितेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा भएको प्रतियोगिताको फाइनल खेलमा साबालेन्काले २–० को सोझो सेटमा हराउँदै करियरमा पहिलो पटक यु.एस ओपन जितेकी हुन् ।

पेगुला विरुद्धको खेल साबालेन्काले ७–५ र ७–५ को कठिन सेटमा जितिन् । अघिल्लो वर्षको फाइनलमा कोको गौफसँग पराजित भएकी साबालेन्काले यसपटक भने उपाधि उचालिन् ।

दुई पटक अष्ट्रेलियन ओपन जितेकी साबालेन्काको लागि यो तेस्रो ग्राण्डस्लाम उपाधि हो । यु.एस ओपन टेनिसको पुरुषतर्फको फाइनलमा इटालीका यानिक सिनर र अमेरिकाका टेलर फ्रिट्ज भिड्नेछन् ।

सेमिफाइनलमा अमेरिकाकै फ्रान्सेस टियाफोलाई हराउँदै फ्रिट्ज तथा ब्रिटेनका ज्याक ड्रापरलाई पाखा लगाउँदै सिनर फाइनलमा पुगेका हुन् ।

Categorized in स्पाेर्ट्स