arin enterprises

महिला तथा गृहिणीहरुको जिवनस्तर उकास्न मेरो उम्मेदवारी : सविता महर्जन

SamacharDesk | २०७९ कार्तिक ३०, बुधबार

मंसिर ४ नजिकिएसँगै उम्मेदवारहरु घरदैलो कार्यक्रम तथा अन्य सभा सम्मेलनमा निकै व्यस्त हुन थालेको छ ।

सोही क्रममा प्रदेशसभा सदस्य ललितपुर ३(१) बाट स्वतन्त्रबाट उम्मेदवारी दिनु भएका सविता महर्जन यतिबेला पाँच वर्षसम्म जनताको सेवा गर्न र उहाँहरुको सुख दुःखमा साथ दिएर काम गर्ने उद्देश्यकासाथ घरदैलो कार्यक्रममा व्यस्त छिन् ।

आगामी मंसिर ४ को चुनावमा प्रत्यक्ष र अप्रत्यक्ष चिन्नु हुने सबैसँग लालटिन चुनाव चिन्हमा भोट हालिदिन विभिन्न सामाजिक संजाल, मिडियामार्फत अनुरोध गर्दै आएकी महर्जनले आफ्नो जीत ललितपुर क्षेत्रका जनताको जीत हुने बताउने गर्छिन् ।

ललितपुरस्थित सुनाकोठी वडा नं.२६ मा जन्मिएकी सविताको कर्मक्षेत्र पनि सोही ठाउँ हो । उनले विशेषगरी ललितपुर जिल्लामा पाँच प्रकारका एकल महिलाहरुको हक, अधिकार, आय आर्जन, मानसम्मान लगायतका प्रत्यक्षरुपमा देखिने गरी सामाजिक कामहरु गर्दै आएकी छिन् ।

अहिलेसम्म यस क्षेत्रको धेरै विकास भैसक्नुुपर्नेमा अझै पनि रोजीरोटीको जोहो गर्नै समस्या भइराखेको सुनाउँदै उनी अब मान्छेको जीवनमा लालटिनले दिने जस्तो उज्यालो ल्याउनुपर्छ भन्नेमा आफू लागिपरेको बताउँछिन् ।

विजयपछि जेष्ठ नागरिक, युवा, बालबालिका, विपन्न महिला, तेस्रोलिंगी लगायतलाई समेटेर समाजमा राम्रो काम गरेर छाप छोड्ने लक्ष राख्दै उनी यतिबेला आफ्ने जीत सुनिश्चित भएकोमा विश्वस्त छिन् । हामीले तपाईंले चुनाव लड्नुको कारण के हो र स्वतन्त्र उम्मेदवारलाई नै ललितपुरवासीले किन छान्ने भन्ने प्रश्नमा उहाँले ललितपुरको सुनाकोठी लगायतका विभिन्न ठाउँमा स–साना बाटोघाटोेको समस्या छ ।

सुनाकोठीमा भएको अलकत्रा कारखानाले समाज तथा वातावरणलाई प्रदुषण गरिराखेको छ । ठूला नेताहरुको कारखाना भएकाले त्यसलाई हामी बन्द गराउन नसकेको बताउँछिन् ।

पार्टीगतरुपमा चुनिएको खण्डमा आफूले सोचजस्तो काम गर्न सक्दिन होला भनेर मैले खासगरी एकल महिलालगायत सबै महिला दिदी बहिनीहरुको लागि काम गर्ने उद्देश्य लिएर स्वतन्त्र नै भएर अगाडि बढ्न उचित ठाने । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले झै स्थानीयलाई दुःख दिएर समाजमा काम गर्ने छैन ।

उहाँले भन्दा १० गुणाराम्रो काम गरेर देखाउछु । उहाँले भत्काउनेर बिगार्ने काम गर्नु भएको छ । हामी सपार्नेर बनाउने काम गर्छौ । अध्ययन नै नगरी जनताबाट वाहवाही पाइन्छ भनेर काम गर्नु हुँदैन भन्ने उहाँको कथन छ । उहाँले पाँच प्रकारका एकल महिलाहरुको हक, अधिकार, तालिम तथा रोजगारीका क्षेत्रमा काम गर्दै आएको व्यक्ति भएको पनि बताउनुभयो ।

उनी आफै पनि एकल विधवा महिला भएको र श्रीमान्को मृत्युपछि परिवारबाट जति माया पाए पनि समाजबाट दुःख, कष्ठ र हेला व्यहोर्नु परेको दुखेसो पोख्नु हुन्छ ।

उहाँले आफैले दुःख भोगेर आएको हुनाले महिला तथा युवाहरुको दुःख सुख सबै बुझेको बताउनुभयो । अहिले नेपाली युवाहरुले जति अवसर र सुविधा पाउनु पर्ने त्यो हुन नसकेको र धेरैजसो युवाहरु बाहिर जान बाध्य भएको बताउनुभयो ।

उनीहरुलाई के गर्न सकिन्छ, उनीहरुको इच्छा, सोच के हो भनेर अध्ययन गरी युवाहरुलाई पनि सँगसँगै लानुपर्छ भन्ने सोचका साथ चुनावमा आएको बताउनुभयो ।

उहाँले राजनीतिमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व हुनुपर्छ भनेर कानून समेत बनाइएको छ । तर अहिले यसपटक ९ प्रतिशत मात्रै प्रतिनिधित्व भएको छ ।

अहिले पनि हामीले अवसर गुमायौँ भने पाँच वर्ष पछि धेरै ढिला हुन्छ र गर्न खोजेका कामहरु पनि गर्न सकिदैन भनेर यसपटक मैले स्वतन्त्रमा उम्मेदवारी दिएको बताउनुभयो ।

त्यस्तै, नीति निर्माण गर्ने तहमा हाम्रो समुहको कोही नपुगुन्जेलसम्म हामीलाई काम गर्ने वातावरण नहुनेरहेछ भनेर पनि प्रदेशसभा सदस्यको लागि क्षमतावान छु भन्ने लागेर नै उम्मेदवारी दिएको उहाँ बताउनुहुन्छ ।

चुनावी दौड तथा घरदैलो कार्यक्रममा मतदाताहरलाई प्रत्यक्ष भेट गर्दा सबै स्थानीय जनता मप्रति सकारात्मक भएको देख्दा म सफल हुन्छु र हुनैपर्छ भन्ने लागेको उहाँ बताउनु हुन्छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082