arin enterprises

साझा पार्टीले उठायो काठमाडौंको मेयर र उपमेयरमा महिला उम्मेदवार

SamacharDesk | २०७९ बैशाख ४, आइतबार

विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ । विवेकशील साझा पार्टीले मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाइएको जानकारी गराएको हो ।

शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी दुवै उम्मेदवारको तर्फबाट काठमाडौं महानगरपालिकाको निर्वाचनका लागि प्रतिज्ञा पत्र पनि सार्वजनिक गरिएको छ । काठमाडौं महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरुको सुझाव लिएर ती सबै समस्याहरुको समाधान गर्दै लैजाने गरी प्रतिज्ञा पत्र सार्वजनिक गरिएको मेयरका उम्मेदवार बास्कोटाले बताउनु भयो । उहाँले आफूहरु विजयी भएमा काठमाडौं महानगरपालिकामा विकास, निर्माणको कामले उचाई लिने पनि बताउनुभयो ।

पार्टीका संयोजक मिश्रले प्रदुषित, अव्यवस्थित र कंक्रिटको जंगलको रुपमा रुपान्तरित भएको काठमाडौं महानगरपालिकाको स्वरुपमा परिवर्तन ल्याउने गरी आफ्नो पार्टीले मेयर र उपमेयरको उम्मेदवार बनाएको दावी गर्नु भयो ।

प्रतिज्ञा पत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा जोड दिने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रबन्ध गर्ने तथा नेवाः कला संस्कृतिको संरक्षण, विद्युतीय यातायातको व्यवस्था, नदी, कुवा, तलाऊ, खोलानालाहरुको सफाई गर्ने उल्लेख गरिएको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082