प्रथम सहकारी रोजगार मेला–२०८१ हुने
SamacharDesk | २०८१ आषाढ ७, बिहिबार

राष्ट्रिय सहकारी महासंघले प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्ने भएको छ ।
भोलिदेखि शुरु हुने मेलाको बुधबार पत्रकार सम्मेलन गरी असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला सञ्चालन गरिने जानकारी दिएको हो ।
महासङ्घकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
महासंघले मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने मूल नाराका साथ पहिलो पटक रोजगार मेला आयोजना गर्न लागेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघकी अध्यक्ष ओमदेवी मल्लले केही सहकारीको कारण सहकारी भनेको सडकमा जानुपर्ने भन्ने भ्रम सिर्जना भएको बताउनु भयो ।
हाल नेपालमा ३१ हजार सहकारीमा एक लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उहाँले जानकारी दिनुभयो ।
‘मर्यादित सहकारी व्यवसायका लागि युवा सङ्लग्नता’ भन्ने नाराका साथ हुन लागेको मेलामा उत्पादन तथा सेवाका सहकारीहरु र अन्य जनशक्ति खोज्न सहजता प्रदान गर्ने आयोजकले जनाएको छ ।
मेलामा नवप्रवर्तन र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेको लागि नेटवर्किङको कार्यसमेत हुनेछ ।
Categorized in बिजनेस