arin enterprises

राजोपाध्याय गायन प्रतियोगीतामा सक्षम भए प्रथम

SamacharDesk – बिराज | २०८० मङ्सिर ९, शनिबार

राजोपाध्याय गायन प्रतियोगीतामा सक्षम शर्मा राजोपाध्याय विजयी भएका छन् ।

राजोपाध्याय समाजको आयोजनामा आज शनिबार ललितपुरमा सम्पन्न प्रतियोगीताको फाइनल राउन्डमा सक्षमले अंकित अमरु श्रेष्ठको ‘लजाएर एक्लै बसेकी किन मायालु’ गीत गाउँदै प्रथम स्थान हासिल गर्न सफल भए ।

त्यसैगरी सुभिया राजोपाध्याय दोश्रो भइन् भने सौरभ राजोपाध्यायले तेश्रो स्थान हासिल गरे । सुभियाले क्रमशः नेपालको ‘मेरो माया’ गाएकी थिइन् भने सौरभले १९७४ एडि ब्यान्डको ‘परेलीमा लुकाइराख न’ गाएका थिए ।

विजयी प्रतियोगीतीहरुलाई ट्रफि प्रदान गरिएको छ भने नगद पुरस्कार समाजको वार्षिक साधारण सभामा प्रदान गरिने समाजको अध्यक्ष संजय शर्मा राजोपाध्यायले जानकारी दिए ।

प्रथम हुनेलाई रु. १० हजार, दोश्रोलाई रु. सात हजार र तेश्रो हुनेलाई रु. चार हजार नगद पुरस्कारको व्यवस्था गरिएको समाजले जनाएको छ ।

कार्यक्रममा निर्णायक मण्डलका सदस्य कलानिधि इन्दिरा संगीत महाविद्यालयका प्रिन्सिपल, गायक धनबहादुर गोपालीले विजेताहरुको नाम घोषणा गरे ।

सो क्रममा गायक गोपालीले विगतमा कला क्षेत्रलाई हेयको दृष्टिले हेर्ने गरिएकोमा अहिले यो क्षेत्र पनि सम्मानित बनेको विचार राख्दै अभिभावकले आफ्ना सन्तानलाई कला क्षेत्रमा अग्रसर हुन प्रोत्साहन दिन आग्रह गरे ।

निर्णायक मण्डलमा गोपालीको साथमा संगीत संयोजक भुपेन्द्र बज्राचार्य र नेपालका पहिलो हवाइन गितारिस्ट ईश्वर जोशी रहेका थिए ।

कार्यक्रममा गायक सुरजबीर बज्राचार्य, निर्णायक मण्डलका सदस्य साथै संगीत संयोजक र गायक भुपेन्द्र बज्राचार्यको पनि प्रस्तुति रहेको थियो ।

साथमा मुनिन्द्र ज्वालानन्द राजोपाध्याय र विनित ज्वालानन्द राजोपाध्यायले सारंगी र बाँसुरी वादन प्रस्तुत गरेका थिए ।

कार्यक्रम संयोजक साथै समाजका संस्थापक अध्यक्ष बदन ज्वालानन्द राजोपाध्यायले समाज भित्र लुकेर बसेका प्रतिभा उजागर गर्न कार्यक्रमको आयोजना गरिएको बताए । 

Categorized in पेजथ्री