न्यायाधीश तथा राजदूतविरुद्ध पर्यो उजुरी
SamacharDesk | २०८० मङ्सिर २१, बिहिबार

सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीश तथा पोर्चुगलका लागि प्रश्तावित आवासीय राजदुतविरुद्ध ११ वटा उजुरी परेको छ ।
संसदीय सुनुवाई समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रश्तावित राजदुत सनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति समशेर राणाले जानकारी दिनुभयो ।
प्रस्तावित न्यायाधीश मध्ये सबैभन्दा धेरै सारंगा सुवेदी विरुद्ध ५ वटा उजुरी परेको छ । यस्तै प्रस्तावित न्यायाधीश महेश शर्मा, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध भने एउटा पनि उजुरी परेको छैन ।
समितिले गत मंसिर ८ गते १० दिन उजुरी दिनका लागि सूचना प्रकाशन गरेर उजुरी आह्वान गरेको थियो । यसका साथै पोर्चुगलका प्रस्तावित राजदूत सनील नेपाल विरुद्धमा पनि एउटा उजुरी परेको छ ।
संसदीय सुनुवाई समितिले गत मंसिर ९ गते बसेको बैठकले पोर्चुगलका लागि प्रश्तावित राजदुत र सर्वोच्च अदालतका लागि प्रश्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो ।
संसदीय सुनुवाई समितिले प्रस्तावित राजदुत र सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
समितिको बैठक मंसिर २२ गते अपरान्ह साढे २ बजे बोलाइएको छ ।
Categorized in राष्ट्रिय