क्रिकेटर लामिछानेले पाए बलात्कार मुद्दामा सफाइ
SamacharDesk | २०८१ जेठ २, बुधबार

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सफाई दिएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई पुस २५ गते आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको थियो ।
सन्दीप सोही आदेशविरुद्ध उच्च अदालत जानुभएको थियो । यससँगै सन्दीपले आइसिसी टी–२० विश्वकप खेल्ने ढोका खुलेको छ । लामिछाने विरुद्ध ५ भदौ २०७९ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको पीडित (गौशाला २६) ले २१ भदौमा जाहेरी दिएकी थिइन् ।
सन्दीपले ताहाचलस्थित हायात प्यालेस होटलबाट गौशाला २६ लाई नगरकोट लगेका थिए ।
त्यहाँबाट फर्किएर सिनामंगलस्थित एक होटलमा बसेका थिए । त्यहीँ बलात्कार गरेको पीडितको आरोप थियो ।
Categorized in राष्ट्रिय