arin enterprises

भक्तपुरमा ‘संगीत अर्पण’ कार्यक्रम हुँदै

SamacharDesk – बिराज | २०७८ कार्तिक २३, मंगलबार

भक्तपुरमा ‘संगीत अर्पण’ कार्यक्रमको चौथो संस्करण आयोजना हुने भएको छ ।

‘आराधना’ नामक संस्थाले आयोजना गर्दै आएको कार्यक्रमको चौथो संस्करण यहि कार्तिक २७ गते शनिबार हुन लागेको हो । शास्त्रीय संगीतसहितको सांगीतिक कार्यक्रम आउँदो शनिबार भक्तपुरको झौरबहि, गोमारिमा गरिन लागेको छ ।

शास्त्रीय संगीत, नेपालकै मौलिक र परम्परागत बाजाहरु बादनको साथमा भजन, आधुनिक गीत तथा नेपाली लोकगीतसमेतको प्रस्तुती राख्दै दुई बर्ष अघि संगीत अर्पण कार्यक्रम शुरु गरिएको थियो ।

तर नेपालमा कोरोना महामारी भित्रिएसँगै कार्यक्रम अवरुद्ध हुन पुगेको थियो । अब फेरी नयाँ जोसका साथ कार्यक्रमको तयारी शुरु गरिएको संस्थाकासदस्य बिजेन्द्र चवालले बताउनु भयो ।

यसपालिको कार्यक्रममा बिगतमा झै नयाँ पुराना कलाकारहरुको प्रस्तुति रहने आराधना समूहका अर्का सदस्य महेन्द्र सिंख्वालले बताउनुभयो ।

कोभिड १९ को जोखिम अझै कायम रहेको अवस्थामा सिमीत संख्याको सहभागीताको बीच सामाजिक दूरी कायम गर्न लागेको आयोजकले जनाएको छ ।

पूर्वीय शास्त्रीय संगीतको बिकास, यसा सम्बधी अन्वेषण र शास्त्रीय संगीत सिक्ने संस्कारको बिकाश गर्न भन्दै भक्तपुरका संगीत प्रेमी युवाहरुले आराधना संस्थाको स्थापना गरेका थिए ।

Categorized in पेजथ्री