arin enterprises

संजय दत्तलाई फोक्सोको क्यान्सर

SamacharDesk – बिकाश | २०७७ श्रावण २८, बुधबार

पछिल्लो समय बलिउडको लागि निकै नराम्रै बनेको छ । बलिउडबाट एक पछि अर्को नराम्रा खबरहरु आइरहेका छन् ।

विगतका केही दिनमा ठुलठुला कलाकार नै गुमाएको बलिउडमा महानायक बच्चन र बच्चन परिवारलाई कोभिड १९ संक्रमणको खबर पनि आएको थियो भने केही दिन अघि मात्रै बच्चन परिवार कोभिड मुक्त भएको सुखद खबर पनि आयो ।

एउटा सुखद खबर आएको हप्तादिन पनि बित्न नपाउँदै बलिउडबाट फेरी अर्को एउटा नराम्रो खबर आएको छ ।

बलिउडका मुन्ना भाई संजय दत्तलाई क्यान्सर भएको छ । उनलाई फोक्सोको तेश्रो चरणको क्यान्सर भएको हो । 

केही दिन अगाडि श्वासप्रश्वासमा समस्या देखिएर उनी मुम्बइस्थित लीलावती अस्पतालमा भर्ना भएका थिए । 

कोरोनाको आशंकामा गरिएको परिक्षणमा उनको कोरोना रिपोर्ट भने नेगिटिभ आएको थियो ।

अब आफ्नो उपचारका लागि उनी केही दिनमै अमेरिका जाने बताइएको छ ।  

Categorized in पेजथ्री