arin enterprises

नेपाल सम्वत् नेपालको आफ्नै सम्वत : राष्ट्रपति पौडेल

SamacharDesk | २०८१ मङ्सिर ४, मंगलबार

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग सामीप्य रहँदै आइरहेको नेपाल संवत् हाम्रो देश नेपालको राष्ट्रिय र मौलिक संवत् भएको बताउनु भएको छ ।

शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको रजत वर्षको अवसरमा आयोजित कार्यक्रमा पौडेलले यस्तो बताउनुभएको हो ।

मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उहाँले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटै मात्र संवत् भएकाले नेपाल संवत् सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा पनि भएको बताउनुभयो ।

आफ्नै नामबाट स्थापित विश्वको एउटै मात्र संवत नेपाल संवत भएकाले सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा भएको उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले शंखधर साख्वाःले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरिब एवं उत्पीडित समुदायको हितमा प्रयोग गर्नु विश्वकै लागि पनि एक उदाहरणीय कार्य भएको बताउँदै उक्त लोककल्याणकारी कार्य तत्कालीन नेपाली समाजका लागि आफैमा एक क्रान्तिकारी कदम भएको उल्लेख गर्नुभयो ।

कार्यक्रम काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकालाई सम्मान गरिएको थियो ।

Categorized in राष्ट्रिय