arin enterprises

सिंगिंग स्टार प्रतियोगीताको क्वाटर फाइनलिस्ट घोषणा

SamacharDesk – बिराज | २०७८ जेठ २२, शनिबार

संसार अनलाइन सिंगिंग स्टार प्रतियोगीताको क्वाटर फाइनलिस्टको नाम सार्वजनिक भएको छ ।

संसार क्रिएशन नेपालले आयोजना प्रतियोगीतामा क्वाटर फाइनल पुग्न सफल २६ प्रतियोगीको नाम आज सार्वजनिक गरिएको हो । प्रतियोगीताको पाँचौं चरणमा आएर क्वाटर फाइनलिस्टहरु छनौट गरिएको हो ।

क्वाटर फाइनलिस्टको नाम घोषणासँगै आयोजकले २ हप्ताभित्र आफ्नो अर्को गीतको नयाँ भिडियो पठाउन आव्हान गरेको छ ।

क्वाटर फाइनल चरणको शुरुवात भएको एक महिनामा सेमि फाइनलिस्टको नाम घोषणा गरिने संसार क्रिएशनका अध्यक्ष स्वतन्त्र महर्जनले बताउनुभयो ।

‘सेमिफाइनलमा टप १० जनाको छनौट गरिनेछ र अन्तिम १० प्रतियोगीहरुको लाइभ पर्फमेन्सबाटै विजेताको छनौट हुनेछ’ महर्जनले जानकारी दिनुभयो ।

फाइनल प्रतियोगीताको मिति भने कोभिड संक्रमणको अवस्था हेरेर मात्र घोषणा गर्ने महर्जनको भनाई हो ।

फाइनल प्रतियोगीताका विजेताको साथमा फस्ट रनर अप र सेकेन्ड रनर अपलाई पुरस्कार स्वरुप ट्रफि, मेडल, गिफ्ट ह्याम्परको साथमा नयाँ गीत रेकर्डसँगै म्यूजिक भिडियो निर्माणसमेत गरिदिने भएको छ ।

‘यसको साथै माेफसलका रमणीय स्थानहरुमा रिफ्रेसमेन्ट ट्रिटकाे रुपमा घुमाउनसमेत लगिनेछ । सबै गरी एक प्रतियोगीलाई लगभग ५ लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिनेछ’ महर्जनले बताए ।

युट्युबमा सबैभन्दा बढि भ्यूज र सबैभन्दा शेयर पाउने प्रतियोगीलाई पनि ट्रफिसहित पुरस्कृत गरिने बताइएको छ । 

Categorized in पेजथ्री