‘चाहना बढ्दै गो....’ को भ्यूज ४ दिनमा १ लाख बढि
SamacharDesk – बिराज | २०८० पौष १८, बुधबार

गायक सरगम राईबाट स्वरबद्ध गीत ‘चाहना बढ्दै गो....’ को म्यूजिक भिडियोको भ्यूज ४ दिनमा एक लाख बढि पुगेको छ ।
गत डिसेम्बर ३० का दिनमा The RGT Films युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा जनवरी ४ को दिन अपरान्ह ४ बजेसम्ममा एक लाख ६ हजार ३६४ भ्यूज पुगेको हो ।
आफ्नी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको भावना पोखिएको गीतको म्यूजिक भिडियोमा प्रेम र रोमान्स देखाउन खोजिएको छ । सरोज प्रजा र मीना राउतले अभिनय गरेको भिडियोको निर्देशन सोनम पाख्रिनले गरेका छन् ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायांकन गरेका हुन् भने दृश्य सम्पादन विजेश पौडेलको रहेको छ ।
गीतको शब्द र संगीत समेत सरगम राईकै रहेको छ ।
Categorized in पेजथ्री