arin enterprises

गायिका सरीताको तीन वटा म्यूजिक भिडियो सार्वजनिक

SamacharDesk – बिजयरत्न | २०८० फाल्गुण २९, मंगलबार

गायिका सरीता महर्जनको तीन वटा गीतको म्यूजिक भिडियो एकै पटक सार्वजनिक गरिएको छ ।

कीर्तिपुरमा सम्पन्न एक कार्यक्रममा समाजसेवी गायिका महर्जनको नेपालभाषाका तीन वटा गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त म्यूजिक भिडियोहरु सार्वजनिक गरे ।

कार्यक्रममा चर्चित हिरो धीरेन शाक्यसाथै हिरोइन भिन्तुना जोशी र ‘बेमान’ उपनामले चर्चित हास्य कलाकार रवि डंगोल अभिनित ‘पुलुक्क स्वइम्ह’, ‘मिखा मिखाया खँल्हाबल्हा’, ‘जुल रे जुल’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो ।

सोही कार्यक्रममा सरिता महर्जनको स्वर रहेको नेपाली गीत ‘भेट भयो’ र के.बि.एस लुभु प्रोडक्शनबाट निर्माण भएका गीतहरु पनि प्रदर्शन गरिएको थियो ।

साथमा गायिका समाजसेवी महर्जनको जन्मदिन पनि मनाइएको थियो ।

वरिष्ठ निर्देशक साथै कलाविद् प्रकाश सायमि, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ गायक, संगीतकार रत्न बेहोशीको उपस्थिति रहेको थियो ।

Categorized in पेजथ्री