जिल्ला अदालत काठमाडौंले सरस्वती प्रधानलाई दियो सफाई
SamacharDesk | २०८० पौष २०, शुक्रबार

जिल्ला अदालत काठमाडौँले सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी काठमाडौंकी सरस्वती प्रधानलाई सफाइ दिएको छ।
२०७८ असार १ मा कोठा हेर्न गएकी तनहुँकी रुपा सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेको आरोप लागेको थियो।
आफूमाथि जातीय विभेद भएको भन्दै रूपाले उनीविरूद्ध प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन्। प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।
जिल्ला अदालतमा दर्ता भएको साढे दुई वर्षपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले प्रधानलाई सफाई दिने फैसला गरेको हो ।
श्रेष्ठमाथि सुनारले लगाएको जातीय विभेदको आरोपको दाबी नपुग्दै तर्कसहित जिल्ला अदालत काठमाडौँले सफाई दिएको छ ।
सुनारले प्रहरीमा जाहेरी दिइसकेपछि घरधनी श्रेष्ठलाई पक्राउ गरेर केही दिन हिरासतमा राखेको थियो ।
प्रहरीले घरबेटी प्रधानमाथि अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रतिवेदन फिर्ता पठाएको थियो।
प्रधान हिरासतमुक्त भएकी थिइन्। पक्राउ परेकी उनलाई जिल्ला अदालत काठमाडौँले एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएपछि श्रेष्ठ धरौटी तिरेर हिरासतमुक्त भएकी थिइन् ।
घरबेटी प्रधानले पनि रूपा सुनारविरूद्ध बेइज्जतीको मुद्दा हालेकी थिइन्। उक्त सुनारविरूद्धको मुद्दामा पनि दाबी नपुग्ने भन्दै सफाइ दिएको छ।
Categorized in राष्ट्रिय