साउदी अन्तिम १६ मा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ ८, सोमबार

साउदी अरब एएफसी एसियन कपको अन्तिम १६ मा पुगेको छ । आइतबार राति भएको समुह एफको खेलमा कर्गिस्तानमाथि २–० गोलको जित निकाल्दै साउदी अन्तिम १६ मा पुगेको हो ।
अहमद बिन अली रंगशालामा ९ खेलाडीमा सिमित किर्गिस्तानलाई हराउन साउदीका मोहम्मद कनो र फैसल अल घाम्दीले गोल गरे ।
खेल सरु भएको नवौं मिनेटमै अजर अक्मातोले रातो कार्ड पाएपछि किर्गिस्तान १० खेलाडीमा समेटिएको थियो ।
खेलको ३५ मिनेटमा साउदीका लागि कनोले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको ५२ औं मिनेटमा किमी मेर्कले रातो कार्ड पाउँदा किर्गिस्तान ९ खेलाडीमा समेटिएको थियो ।
खेलको ८४ औं मिनेटमा फैसलले गोल गर्दै साउदीको अग्रता दोब्बर पारे ।
यो जितसँगै साउदले समुह एफमा दुई खेल खेल्दै ६ अंक जोडेको छ । पराजित कर्गिस्तान अंक रहित समुहको पुच्छरमा छ ।
Categorized in स्पाेर्ट्स