arin enterprises

साउदीले कतारका लागि हवाई मार्ग खोल्यो

SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार

कतारले साउदी हवाई मार्गबाट उडानको रुट सुचारु गरेको छ ।

कतार र खाडी मूलुकहरु बीच सम्झौता भइसकेपछि कतार एयरवेजले साउदी हवाई मार्गबाट विहिबार पहिलो उडान गरेको बताएको छ । यो मार्गबाट पहिलो उडान विहिबार साँझ दोहाबाट जोहानसबर्गको लागि भएको थियो ।

मिश्रले पनि चाँडै नै कतारको लागि आफ्नो हवाई मार्ग खोल्ने बताइसकेको छ । तर मिश्रले आफ्नो सबै माग पूरा भएपछि मात्रै हवाई मार्ग खोल्ने बताइएको छ ।

जीसीसी (गल्फ कर्पोरेशन काउन्सील) का ६ सदस्य देशहरुले गल्फ सम्मेलनको क्रममा कतारसँगको सबै विवादहरुलाई समाप्त गर्दै आपसी सम्वन्ध सुधारेको हो ।

साउदी अरब र उसका सहयोगी देशहरुले आतंकवादलाई प्रश्रय दिइरहेको भन्दै २०१७ मा कतारलाई बहिष्कार गरिदिएको थियो ।तारले आरोपलाई अस्वीकार गर्दै आएको छ ।

Categorized in अन्तर्राष्ट्रिय