स्वास्थ्यवर्धक खीर खाएर साउन १५ मनाईंदै
SamacharDesk – Aakash Rajopadhyaya | २०७९ श्रावण १५, आइतबार

बालकदेखि वृद्धसम्म मनपर्ने भोजन खीर खाएर साउन १५ मनाउने चलन रहिआएको छ ।
सोही अनुरुप आजको दिन घरघरमा खीर खाएर साउन १५ मनाईंदै छ । असार १५ मा दहिचिउरा खाइन्छ भने त्यसको एक महिनापछि खीर खाने विशेष सांस्कृतिक महत्व रहेको छ ।
जानकारहरुका अनुसार खीर सबैको प्रिय भोजन हो । यसको सांस्कृतिक तथा औषधीय गुणयुक्त छ । खीर खाँदा रोगसँग लड्नसक्ने क्षमतामा वृद्धि हुने र शरीरलाई तन्दुरुस्त राख्नले मद्दत राख्ने बताउँछन् ।
अझ अहिले वर्तमान अवस्थामा यसको महत्व धेरै बढेको छ । किनकि विश्व नै आक्रान्त भएको कोरोना महामारी फेरि नेपालमा दिनदिनै बढ्न थालेको छ । खीरमा औषधीय गुण भएको हुनाले कोरोना महामारीसँग जुध्न केही हदसम्म मद्दत पुग्ने देखिन्छ ।
देवता र पितृको काम गर्दा पनि खीर बनाउने भएकोले सांस्कृति रुपमा पनि खीरलाई पवित्र भोजनको रुपमा लिईन्छ ।
खीर बनाउँदा राखिने ल्वाङ, घिऊ, काजु, नरिवल, दालचिनी, मरिच, केसर, दाख, पेस्टा आदिमा औषधीय गुण हुने भएकोले यसले शरीरलाई लाभदायक हुने देखिन्छ । खीरमा राख्ने ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वासलाई ठीक पार्दछ ।
दलचिनीले फोक्सोलाई राम्रो गर्दछ भने नरिवलले अम्लपित्तनाशक तथा हृदयघात हुनबाट जोगाउने गर्दछ । यसका साथ खीरले कफ, पित्त, वायु जस्तालाई सन्तुलित राख्ने गर्दछ ।
त्यसैले यी माथिका वस्तुहरु राखेर खीर सेवन गर्नु उत्तम मानिन्छ । यसका साथै वर्षात्का समयमा दाद, खतिराहरुबाट आक्रामण हुने हुनाले त्यसको प्रतिकार गर्न खीर एक महत्वपूर्ण भोजन हो ।
त्यस्तै कृषकहरु रोपाईं सकाएर खुसियाली स्वरुप खीर खाने परम्पराको विकास भएको पाइन्छ । यो प्रचलन नेपालमा मात्र नभई भारत पनि प्रचलन रहेको संस्कृतिविद्हरुको कथन ।
श्रावण महिनामा खीर खाएमा शुभ हुने मान्यता रहेको छ । साउन महिना भनेको हिन्दू धर्मावलम्बीहरुको शिव पुजनको महिना भएकोले पनि यो महिनाभरि माछा मासु नखाने चलन छ ।
यस्तो अवस्थामा शरीरलाई चुस्त, तन्दुरुस्त र रोगप्रतिरोधात्मक बनाइराख्न पनि खीर खाने चलन रहेको बताइन्छ ।
Categorized in राष्ट्रिय