arin enterprises

विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारण

SamacharDesk | २०८१ बैशाख १७, सोमबार

सरकारले विद्यार्थी बोक्ने सवारी साधनलाई गति निर्धारण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई गृहमन्त्रालयले पत्राचार गरी विद्यार्थी बोेकेका सवारी साधनहरुले तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी साधन हाँकेमा कारबाही गर्न पत्राचार गरेको छ ।

तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै गृहमन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो ।

मन्त्रालयले प्रति घण्टा प्रतिघण्टा ४० किलोमिटर तल हुने गरी गति निर्धारणको व्यवस्थाका लागि आवश्यक निर्देशन वा समन्वय गर्न पत्राचार गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

अत्तेरी गरी तीव्र गतिमा विद्यार्थी बोकेको साधन हाँक्नेहरुलाई ऐनको दफा १६४ बमोजिम जरिवाना गर्ने कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन पनि गृहमन्त्रालयले समन्वयकारी भूमिका खेल्न आग्रह गरेको छ । 

गृहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौँ उपत्यका ट्राफिक कार्यालय र ७७ वटा जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

Categorized in राष्ट्रिय