arin enterprises

चलचित्र लेखन तथा निर्देशन कार्यशाला सम्पन्न

SamacharDesk – विजयरत्न | २०८३ जेठ ११, सोमबार

किरात राई चलचित्रकर्मी सङ्घको आयोजनामा ७ दिने चलचित्र लेखन तथा निर्देशन कार्यशालासम्पन्न भएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संघले ७ दिने कार्यशालाको समापन गरेको हो ।

काठमाडौंको बुढानीलकण्ठमा आयोजना गरिएको उक्त कार्यशालामा चलचित्र लेखन, निर्देशन, कथा विकास तथा फिल्म निर्माणसम्बन्धी विविध विषयमा सहजीकरण गरिएको आयोजकले जनाएको छ ।

कार्यशालाले आदिवासी जनजाति समुदायका चलचित्रकर्मीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै मातृभाषी चलचित्रको संरक्षण, प्रवद्र्धन र व्यावसायिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यशालामा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । कार्यशालामा प्रशिक्षकका रूपमा नवीन सुब्बा, महेश त्रिपाठी, वेदना राई, पशुपति राई, किरण राई र पुकारमनी राईले प्रशिक्षण दिएका थिए ।

संघले चलचित्र विकास बोर्डको सहयोगमा कार्यशालाको आयोजना गरेको हो ।

Categorized in पेजथ्री