बाइडेनलाई कोरोनाविरुद्ध दोश्रो खोप दिइयो
SamacharDesk – बिकाश | २०७७ पौष २८, मंगलबार

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई कोरोनाविरुद्धको खोपको दोश्रो डोज दिइएको छ ।
बाइडनकै डेलाबरस्थित निवास नजिकैको अस्पतालका चीफ नर्सले उनलाई खोप दिएकी हुन् ।
खोप लिइसकेपछि स्थानीय संचारमाध्यमसँग कुरा गर्दै बाइडेनले अमेरिकी संसद भवनमा भएको हिंसाका दोषिलाई पक्राउ गर्नु निकै महत्वपूर्ण रहेको बताए ।
बाइडेनको भनाईलाई बीबीसले उद्धृत गरेको छ, ‘जसले यो विद्रोहलाई भडकायो र मानिसहरुको ज्यान जोखिममा पार्यो, सार्वजनिक सम्पत्तिमाथि नोकसानी गर्यो, तिनीहरुलाई पक्राउ गर्नु निकै महत्वपूर्ण छ ।’
Categorized in अन्तर्राष्ट्रिय