वरिष्ठ निर्देशक प्रताप सुब्बाको निधन
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ चैत्र २, बिहिबार

नेपाली सिने जगतका वरिष्ठ निर्देशक प्रताप सुब्बाको निधन भएको छ । ७८ वर्षीय सुब्बाको आज विहिबार सिलीगुडिस्थित एक अस्पतालमा निधन भएको हो ।
स्वर्गीय सुब्बालाई पहिलो नेपाली मूलका भारतीय फिल्म निर्देशक मानिन्छ ।
उनी ४० को दशकमा नेपाल आएका थिए भने नेपाली चलचित्र क्षेत्रलाई विभिन्न स्तरीय चलचित्रहरु दिँदै ५० को दशकमा पुनः दार्जिलिङ फर्केका थिए । आफुले निर्देशन गरेको चलचित्र भीष्म प्रतिज्ञा रिलिज भएपछि उनी दार्जिलिङ फर्केका थिए ।
उनले २०३५ सालमा रिलिज भएको चलचित्र ‘परालको आगो’ निर्देशन गर्दै आफ्नो सिने करिअरको थालनी गरेका थिए । परालको आगो नेपाल बाहिर बनाइएको पहिलो नेपाली फिल्म हो ।
सुब्बालाई मौलिक नेपाली चलचित्रको प्रणेता समेत मानिन्छ ।
स्वर्गीय निर्देशक सुब्बाले ‘बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ’ लगायतका चर्चित फिल्महरु नेपाली चलचित्र क्षेत्रलाई दिएका छन् ।
साथै उनले डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर नेपाली सिने क्षेत्रलाई छायाङ्कार, एडिटर लगायतका प्राविधिकहरु दिएका छन् ।
उनको जन्म १९५२ अक्टोबर १० को दिनमा दार्जिलिङमा भएको थियो ।
Categorized in पेजथ्री