पत्रकार श्याम स्मृतलाई पितृशोक
SamacharDesk – समाचारडेस्क | २०८० आषाढ १७, आइतबार

वरिष्ठ पत्रकार श्याम स्मृतलाई पितृशोक परेको छ ।
हाल नामी साप्ताहिकका सम्पादकको साथमा भिजन संसार डट कमका समाचार सम्पादक र संसार्स् अनलाइन न्युज डटकमका प्रमुख सम्पादक श्याम स्मृतका पिता बैकुण्ठ श्रेष्ठको गत शुक्रबार निधन भएको छ ।
७६ वर्षीय श्रेष्ठको शुक्रबार बेलुकी ८ः४५ बजेतिर आफ्नै निवास बालुवाटारमा निधन भएको हो ।
स्वर्गीय श्रेष्ठ विगत एक वर्षदेखि फोक्सोको क्यान्सर रोगबाट पिडित थिए । करीब १५ वर्षदेखि दमको रोगले पिडित श्रेष्ठलाई २०७९ जेठ महिनामा फोक्सोको क्यान्सर देखिएको थियो ।
उनको शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि सम्पन्न भएको छ । स्वर्गीय श्रेष्ठलाई उनका जेठा छोरा श्याम स्मृतले दागबत्ती दिएका थिए ।
स्वर्गीय श्रेष्ठको परिवारमा धर्मपत्नी सुर्य माया श्रेष्ठको साथमा तीन छोरा र एक छोरी छन् । वरिष्ठ पत्रकार स्मृत उनका जेठा छोरा हुन् ।
समाचारडेस्कका निकटतम सहयोगी स्मृतको दुःखको यस घडीमा सम्पूर्ण समाचारडेस्क र कन्फराक्टीभ मिडिया सोलुसन परिवारका तर्फबाट समवेदना प्रकट गर्दै मृतात्माको वैकुण्ठ वासको कामना गर्दछौं ।
Categorized in समाज