arin enterprises

गीतकार रत्नशमशेर थापा रहेनन्

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १५, बिहिबार

नेपालका वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा आज निधन भएको छ ।

गीतकार थापाको उपचारको क्रममा आज बिहान ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

बुधबार बेलुका स्वास्थ्यमा समस्या देखिभएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो भने उपचारकै आज विहान उनले देह त्याग गरे ।

थापा लामो समयदेखि नशामा समस्याका कारण दाहिने खुट्टा राम्रोसँग नचल्ने अवस्थामा थिए ।

क्रोनिक ब्रोन्काइटिसबाट लामो समयदेखि पीडित थापाको डेढ महिनाअघि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा शल्यक्रिया गरिएको थियो । उनी त्यसपछि कमलपोखरीस्थित घरमै आराम गरिरहेका थिए।

उनको जन्म १९९४ सालमा भएको थियो । २०१८ सालदेखि गीत लेख्न सुरु गरेका थापाले विभिन्न आधुनिक गीतहरुको साथै चलचित्रका लागि पनि थुप्रै गीत लेखेका छन् ।

गीतकार थापाले लेखेका घुम्तीमा नआउ है, पन्छीमा राम्रो डाँफे, ए कान्छा ठट्टैमा, जाग लम्क चम्क हे, ए कान्छा ठट्टैमा यो बैश, स्वर्गकी रानी, गोरेटो त्यो गाउँको, उकाली ओराली गर्दै र सप्तरंगी फूलै फूल्यो लगायतका धेरै लोकप्रिय गीतहरु चर्चित छन् ।

Categorized in पेजथ्री