ला लिगामा रियल बेटिसमाथि सेभियाको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ३०, शुक्रबार

कोरोना महामारीका कारण मार्चको दोश्रो हप्ताबाट स्थगित भएको स्पेनिस ला लिगा तीन महिनापछि शुक्रवारबाट सुचारू भएको छ ।
महामारीका बीच सुचारु गरिएको लिगको पहिलो खेलमा सेभियाले रियल बेटिसलाई हराएको छ । बिहीबार राति खेलिएको खेलमा सेभियाले रियल बेटिसलाई २(० गोलले हराएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
सेभियाले ५६ औं मिनेटमा पेनाल्टी पायो । अर्जेटिनी खेलाडी लुकास ओक्याम्पोसले पेनाल्टीलाई गोलमा परिणत गर्दै सेभियालाई अग्रता दिलायो ।
त्यसको ६ मिनेट पछि ६२ औं मिनेटमा ब्राजिलीयन खेलाडि फेर्नान्डो रेगेजेले सेभियाका लागि दोस्रो गोल गर्दै टिमलाई २–० को जीत दिलाए ।
यो खेलपछि सेभिया अंक तालिकामा २८ खेलबाट ५० अंक बटुल्दै तेस्रो स्थानमा छ ।
शिर्ष स्थानको बार्सिलोनाको २७ खेलबाट ५८ अंक छ भने दोस्रो स्थानको रियल म्याड्रिडको २७ खेलवाट ५६ अंक छ ।
सुरक्षालाई ध्यानमा राख्दै खेल खाली रंगशालामा भएको हो । तर खेलअघि सेभियाको घरेलु मैदान बाहिर दर्शकहरू उपस्थित भएका थिए ।
खेल सुरु हुनुअघि खेलाडिहरुले र उपस्थित सबैले कोभिड १९ का कारण ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए ।
ला लिगा युरोपका शीर्ष पाँच लिग मध्ये कोरोना महामारीपछि सुचारू भएको दोस्रो लिग बनेको छ ।
यसअघि जर्मनको बुन्डेसलिगा पनि सुरु भएको थियो भने अर्को सातादेखि इंग्लिस प्रिमियर लिग पनि सुचारु हुँदैछ ।
Categorized in स्पाेर्ट्स