काठमाडौं ८ (क) बाट शैलेन्द्र विजयी
SamacharDesk – बिराज | २०७९ मङ्सिर ६, मंगलबार

प्रदेश सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । ५ हजार ४६२ मत प्राप्त गर्दै बज्राचार्य वागमती प्रदेश सभासद बन्न सफल भएका हुन् ।
नेकपा एमालेका उम्मेदवार राजेश शाक्यलाई एक हजार ६५१ मतले पछि पार्दै जित हासिल गरेका हुन् । एमालेका शाक्यले ३ हजार ८११ मत प्राप्त गरे ।
बज्राचार्य पहिलो पल्ट चुनावी मैदानमा उत्रिएका थिए भने एमालेका शाक्य यस अघिको निर्वाचनमा यसै क्षेत्रमा निर्वाचित भएका थिए ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार राजु राज जोशी भने तेश्रो स्थानमा परे । जोशीले ३ हजार ६७० मत प्राप्त गरे ।
नवनिर्वाचित वागमती प्रदेश सभासद् बज्राचार्यले समाचारडेस्कसँग कुरा गर्दै अब एक क्षण पनि खेर नफाली आफ्नो योजना कार्यान्वयनमा अघि बढ्ने बताए ।
‘जनताले काम गर्न भनेर मलाई मत दिएर जिताएका छन्, अब काम गर्ने हो । पाँच वर्ष भित्रमा महसूस गर्न सकिने परिवर्तन गरेर देखाउनेछु’ शैलेन्द्रको भनाई हो ।
Categorized in राजनीति