arin enterprises

‘शैतान’ बन्यो अजय देवगनको सबैभन्दा धेरै कमाउने पाँचौं फिल्म

SamacharDesk | २०८० फाल्गुण २७, आइतबार

बलिउड फिल्म ‘शैतान’ अभिनेता अजय देवगनको सबैभन्दा धेरै कमाउने पाँचौँ फिल्म बनेको छ । उक्त फिल्म अजय देवगनको पहिलो दिन सबैभन्दा धेरै कमाउने पाँचौं फिल्मको रेकर्ड राखेको भारतीय संचारमाध्यमले जनाएको हो ।

भारतीय संचारमाध्यमका अनुसार ‘शैतान’ ले पहिला दिनमै १५ करोड २१ लाख भारू कमाएको छ । विकास बहलले निर्देशन गरेको फिल्म ‘शैतान’ ले अजयको फिल्म ‘तान्हाजी’ को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो ।

‘तान्हाजी’ ले पहिलो दिन भारतीय बक्स अफिसमा १५ करोड १० लाख भारू कमाएको थियो । अजयको सर्वाधिक कमाइ गर्ने फिल्म ‘सिंघम रिटर्न्स’ हो ।

त्यस्तै दोस्रो फिल्म ‘गोलमाल अगेन’, तेस्रो ‘टोटल धमाल’ र चौथो ‘दृश्यम २’ हो । ‘शैतान’ मा अजयसँगै आर माधवन, ज्योतिका, जनकी बोदिवाला, अंगद माहोलेलगायत कलाकारको अभिनय छ ।

संंजिव जोशी, अमृत दलमिया सह–निर्माता रहेको फिल्ममा अजय देवगन, ज्योति देशपान्डे, कुमार मन्गत पाठक र अभिषेक पाठक निर्माणमा छन् ।

Categorized in पेजथ्री