साँखु शालिनदी फाेटाे फिचर
आज पौष शुक्ल पुर्णिमा, साँखुको शालिनदीमा आजबाट श्री माधवनारायण स्वस्थानी व्रत शुरु हुँदैछ ।
यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सिमित संख्यामा मात्र व्रतालुलाई सहभागी गराई व्रत शुरु गरिएको छ भने व्रतालुको स्वास्थ्य सुरक्षाका लागि दर्शनार्थीलाई पनि सकेसम्म शालिनदी नआउन आग्रह गरिएको छ ।
साँखु पुग्ने दर्शनार्थीलाई पनि टाढैबाट दर्शनको व्यवस्था गरिने श्री माधवनारायण स्वस्थानी व्रत कथा तथा शालिनदी सुधार समितिले जनाएको छ ।
घरैबसी शालिनदि दर्शनका लागि यहाँ यो फोटो फिचर राखिएको छ । आउनुस्, घरमै बसी, शालिनदि घुमौं ।
यो पनि पढ्नुहोला : असमन्जस र अन्योलबीच शालिनदीमा स्वस्थानी व्रत शुरु हुँदै
