arin enterprises

सन्देशमुलक लघु चलचित्र ‘भावना’को विश्वव्यापी प्रिमियरः भिडियाेसहित

SamacharDesk – बिजयरत्न | २०८१ जेठ २, बुधबार

सन्देशमुलक लघु चलचित्र ‘भावना’को विश्वव्यापी प्रिमियर संसार क्रिएसन्सको ब्यानरमा निर्मित लघु चलचित्र ‘भावना’ को प्रिमियर सो सम्पन्न भएको छ ।

लघु चलचित्र प्रिमियर पछि कार्यक्रममा बोल्दै संसार क्रिएसन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले चलचित्रमार्फत विद्यालयमा अध्यययनरत बालिकाप्रति हुने विभिन्न खालको यौन दुर्व्यवहारलाई देखाएर सामाजिक सचेतना जगाउन खोजेको बताए ।

कार्यक्रममा मेरो बोलि डटकमका ज्ञान भक्त डंगोल, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, अभिभावककोतर्फबाट शोभा पहेली, समाजसेवी प्रल्हाद रानाभाट लगायतले बालबालिकाहरु प्रति हुने यौन दुरव्यवहार, घरेलु हिंसा बारेमा आआफ्ना विचार राखेका थिए ।

यस लघु चलचित्रको लेखन एन्थोनि शाक्यले गरेका छन् । स्वतन्त्र संसार महर्जनको निर्देशन सल्लाहमा धीरज थापा मगरले निर्देशन गरेका छन् । दृश्य सम्पादन र छायाङ्कन दिप शेर्पालिको रहेको छ ।

चलचित्रमा बिमला बमजनको साथमा सोनिया तामाङ्ग, राकेश खडगी, दिलिप शेर्पालि, आदित्य जैसवाल, कल्पना धुलिखेलि, अनिता रोका मगरको साथमा क्रिशु पहेली, सुप्रिया शाक्य, सुजि मालि, गुन्जन शाक्य, स्वीकृति बानियाको साथमा कक्षा ६ र ८ का विद्यार्थीहरुको समेत अभिनय रहेको छ ।

प्रिमियर लगत्तै यो चलचित्र सन्सार्स अनलाइट टिभि युट्युब च्यानलमार्फत विश्वव्यापी रुपमा सार्वजनिक भइसकेकाे छ ।

Categorized in पेजथ्री