श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
SamacharDesk | २०७९ श्रावण १९, बिहिबार
नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ ।
जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिनुभयो ।
सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । आज बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् । जहाज सुरक्षित अवतरण भएको छ ।
Categorized in राष्ट्रिय