arin enterprises

श्रीराम राईको ‘छैन क्यारे’ सार्वजनिक

SamacharDesk – विजयरत्न | २०८२ माघ २९, बिहिबार

गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत सार्वजनिक भएको छ ।

ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । गीतकार राईको शब्दमा ओमप्रकाश राईले संगीत दिएका छन् भने पेमा शेर्पा राईको स्वर रहेको छ ।

यसअघि पनि राईका केही गीत रेकर्ड भइसकेका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई दस वर्षे शिक्षण पेशा छोडेर हाल काठमाडौंमा साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

राई नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित, पुरस्कृत भइसकेका छन् ।

Categorized in पेजथ्री