arin enterprises

कामपा १६ वडामा रास्वपाकी श्रेष्ठ विजयी

SamacharDesk – बिराज | २०८१ मङ्सिर १७, सोमबार

उप निर्वाचनको क्रममा काठमाडौं महानगरपालिका १६ वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छन् ।

काठमाडौं महानगरकै सबैभन्दा ठुलो १६ वडामा रास्वपाकी श्रेष्ठ निकतटम प्रतिद्वन्दी नेकपा (एमाले)का लक्ष्मीरत्न तुलाधरलाई ६८२ मतले पछि पार्दै विजयी भएकी हुन् ।

श्रेष्ठले २ हजार ९०२ मत प्राप्त गर्दा एमालेका तुलाधरले २ हजार २२० मत प्राप्त गरे ।

विगतमा नेपाली कांग्रेसको लाल किल्ला भनिने यस वडामा यस उपनिर्वाचनमा भने नेपाली कांग्रेस तेश्रो स्थानमा परेको छ । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले भने २ हजार २१४ मत पाएका थिए ।

नेकपा (एस) का मीनबहादुर मानन्धरले एक हजार ९२ मत पाए ।

स्थानीय तहमा रास्वपाको यो पहिलो जीत हो ।

२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस वडाबाट नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका थिए । दुवै फोक्सोमा सिभियल निमोनियाका कारण २०८० भदौ २१ गतेका दिन रिजालको निधन भएपछि यहाँ उप निर्वाचन गरिएको हो ।

Categorized in स्थानीय