सिक्किम सरकारको मुख्यमन्त्रीका जनसम्पर्क अधिकारी काठमाडौंमा
SamacharDesk – बिराज | २०८० आषाढ १७, आइतबार

सिक्किम सरकारको मुख्यमन्त्री प्रेमसिंह तामाङका जनसम्पर्क अधिकारी रत्नमणि प्रधान काठमाडौं आएका छन् । जनसम्पर्क अधिकारी प्रधानसँगै मुख्यमन्त्री कार्यालयका अन्य अधिकारीहरु पनि नेपाल आएका छन् ।
सिक्किममा इन्द्रजात्रा अझ भब्यरुपमा मनाउन के कस्ता कार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न प्रधान काठमाडौं आइपुगेको बताइएको छ ।
सिक्किम नेवाः गुथिका अध्यक्ष निर्मल कुमार प्रधानको नेतृत्वमा गुथिका पदाधिकारीसहित काठमाडौं आएका प्रधानले काठमाडौंको इन्द्रजात्रा ब्यवस्थापन समितिसंग छफलफ गरेका थिए ।
काठमाडौंमा बागमती प्रदेश सांसद शैलेन्द्र बज्राचार्यको उपस्थितीमा समितिका अध्यक्ष गौतमरत्न शाक्य लगायत पदाधिकारी र जात्रासँग सम्वन्धित गुथिका प्रतिनिधिहरुसँग छलफल गरिएको थियो ।
जनसम्पर्क अधिकारी प्रधानले नेवार समुदायको भाषा कला संस्कृतिलाई ब्यवस्थित गर्न नीति नै तयार गर्ने पक्षमा सिक्किम सरकार रहेकोले आवश्यक सुझाव र सल्लाहको लागि समितिसंग सम्पर्कमा आएको वताए ।
छलफल कार्यक्रममा बागमति प्रदेश सांसद बज्राचार्यले भौगोलिक रुपमा जहाँ भएतापनि हरेक जातीय समुदाय आफ्नो कला, संस्कृति, संस्कार संरक्षण संवद्र्धनका लागि अग्रसर हुनुपर्ने विचार राखे ।
कार्यक्रममा सिक्किम सरकारका मुख्यमन्त्री तामाङ र इन्द्रजात्रा ब्यवस्थापन समितिका तर्फबाट एक आपसमा मायाको चिनो आदानप्रदान गरिएको थियो ।
छलफल कार्यक्रम पश्चात सिक्किम सरकारका प्रतिनिधि र सिक्किम नेवाः गुथिका पदाधिकारीहरुले बसन्तपुरस्थित राजकीय कुमारीको दर्शन गरेका थिए ।
Categorized in समाज