arin enterprises

सिन्धुलीको मध्यपहाडी लोकमार्ग अबरुद्ध

SamacharDesk – समाचारडेस्क जिल्ला रिपोर्टर | २०८२ कार्तिक १४, शुक्रबार

हिजो (बिहिवार) विहानबाट परिरहेको निरन्तर वर्षाले सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध  भएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ को अक्करे भीरमा पहिरो खसेसँगै मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको हो ।

गएको राती लेदोसहितको पहिरो खसेको थियो ।

पहिरो पन्छाउने काम जारी नै रहेपनि निरन्तरको वर्षाका कारण अझै सडक सन्चालन हुन नसकेको बताइएको छ ।

ठाउँ ठाउँमा पहिरो खसेर बैकल्पिक सडक समेत अबरुद्ध हुँदा सवारी साधन र यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

Categorized in समाज