विज्ञापन व्यवसायी पौडेलको ‘छम्म नाचौं, छप्प नाचौं’ सार्वजनिक
SamacharDesk – समाचारडेस्क | २०८० माघ ९, मंगलबार

विज्ञापन व्यवसायी निर्मल राज पौडेलले १५ वर्षपछि पुनः गीतसंगीत क्षेत्रमा पुनरागमन गर्नुभएकोछ ।
गायक तथा गीतकार पौडेलले यो पटक पुसमाघको चिसो मौसमलाई तताउने खालको गीत ‘छम्म नाचौं, छप्प नाचौं’ दर्शकमाझ ल्याएको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक गरेका हुन् ।
गीतमा निर्मलकै शब्द तथा मोहित मुनालको संगीत छ । नेपाल विज्ञापन सङ्घको अध्यक्ष समेत भइसक्नुभएका विज्ञापन व्यवसायी पौडेल गायन क्षेत्रमा पनि उत्तिकै सफल हुनुहुन्छ । बिचमा गाउन छोड्नुभएका पौडेल सार्वजनिक भएको गीतमार्फत उहाँ पुनः गायनमै फर्कनुभएको छ ।
विशेष गरेर नेपालका विभिन्न क्षेत्र र वर्गका पर्वमा नाच्ने गरिएको शैलीमा तयार पारिएको यस गीतमा नेपालका चर्चित कलाकारले अभिनय गरेका छन् ।
सोमबार सार्वजनिक भएको यस गीतमा कलाकारहरू सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धीरेन शाक्य, रवीन्द्र खड्का, गजित विष्ट, गम्भीर विष्ट, सुशील सिलवाल, खुस्बु खड्का, गोपाल ढकाल ‘छन्दे’, रोहित कार्कीलगायत नयाँ र पुराना चर्चित कलाकारले अभिनय गर्नुभएको छ ।
गायक पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले सङ्गीत भर्नुभएको छ भने गीतको निर्देशन मनिष पौडेलले गर्नुभएको छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायाङ्कन तथा माधव थापाको छायाङ्कन तथा व्यवस्थापन कला रहेको छ । गीतको बारे संक्षिप्त प्रक्रिया दिंदै गायक पौडेलले, हरेक गीत सन्देशमुलक नै हुनु नपर्ने बताउनु हुन्छ ।
उहाँको सो गीत विशुद्ध मनोरन्जनात्मक साथीभाइसँग रमाइलो गर्दा वा पार्टीहरुमा रमाइलो गर्दा बजाइने गीत भएको बताउनुहुन्छ । हरेक मानिसहरु कुनै कुनै समस्या तथा तनाबबाट गुज्रिरहेको हुन्छ त्यसैले आप्mनो गीतले उनीहरुलाई केही क्षण भए पनि मुक्तबाट मुक्त गर्ने बताउनुहुन्छ ।
