arin enterprises

गायक भीम तुलाधरलाई मातृ शोक

SamacharDesk – बिराज | २०७७ चैत्र २७, शुक्रबार

चर्चित पप गायक भीम तुलाधरकी आमा दान लक्ष्मी तुलाधरको निधन भएको छ ।

९१ वर्षीया तुलाधरको उपचारको क्रममा सितापाईलास्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ हस्पिटलमा मृत्यु भएको हो ।

गत १४ गते मष्किष्कघात भएपछि तुलाधरलाई उपचारको लागि अस्पताल पुयाइएको थियो । अस्पताल पुगेपछि उनलाई आइसीयूमा राखेर उपचार शुरु गरिएको थियो । उपचारकै क्रममा उनको बिहिबार मृत्यु भएको हो ।

उनको आज ईन्द्रायणीमा दाह संस्कार गरिएको छ । स्वर्गीय तुलाधरलाई उनका कान्छा सुपुत्र पुरुषोत्तम तुलाधरले दागबत्ती दिएका थिए ।

स्वर्गीय तुलाधरका सात छोरा दुई छोरी छन् । 

Categorized in पेजथ्री