arin enterprises

कलाकार भिसामा अष्ट्रेलियामा मानव तस्करी भई रहेको गायक शर्माको आरोप

SamacharDesk | २०८० भाद्र ७, बिहिबार

चर्चित नेपाली रक ब्याण्ड द स्याडोज नेपालका गायक स्वप्निल शर्माले गैर कलाकारलाई कलाकार भिसा दिई अष्ट्रेलियामा मानव तस्करी भई रहेको आरोप लगाएका छन् ।

गायाक शर्माले बिहिबार फेसबुकमा एक स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् ।

‘ कलाकार भिसाको नाममा मानव बेचबिखनमा संलग्न अष्ट्रेलियाका आयोजकलाई बहिष्कार गर्नुपर्छ । यही कारणले गर्दा हिजोआज अष्ट्रेलियामा हप्तामा दुई पटक कार्यक्रम हुने गरेको कारण कलाकारको नभएर कलाकार भिसामा गैर कलाकारका लागि आवेदन दिनु अस्ट्रेलियामा एउटा व्यवसाय भएको छ।’ उनले लेखेका छन् ।

शर्माले सामाजिक संजालबाटै गैर कलाकारलाई कलाकार बनाएर अष्ट्रेलिया लैजाने प्रवृत्तिको बिरोध गरे ।

यस्तै उनले आयोजकलाई चिनेर तथा उसको पृष्ठभूमि जाँच गरेरमात्र अष्ट्रेलियामा कार्यक्रम तय गर्नुका साथै ‘कलाकार भिसा’को नाममा मानव तस्करी गर्ने अष्ट्रेलियाली आयोजकलाई बहिष्कार गर्न पनि कलाकारहरुसँग आग्रह गरे ।

Categorized in पेजथ्री