arin enterprises

गायक थापाको ‘आँखा झुम्न थाल्यो’ सार्वजनिकः भिडियोसहित

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० फाल्गुण ६, आइतबार

गायक गणेश थापाको गीत ‘आखाँ झुम्न थाल्यो’ सार्वजनिक भएको छ । गायक थापाकै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।

२५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरे ।

‘२५ वर्ष अमेरीका बसेर आएँ तर, आफ्नो नेपाली मौलिक भाका बिर्सिएको छैन । आफ्नो माटो र मातृत्वप्रतिको लगाव मेरो यो गीत हो’ गायक थापाले भने ।

गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ ।

सन्तोष तामाङ्गले छायाँकन गरेको म्यूजिक भिडियोको निर्देशन साथै दृश्य सम्पापदन विजय राज भुर्तेलले गरेका छन् ।

माया गर्ने प्रेमिल जोडीहरुले आफ्नो गीत मन पराउने विश्वास गायक थापाले व्यक्त गरेका छन् ।

Categorized in पेजथ्री