सिरोहिया हाजिरी जमानीमा रिहा
SamacharDesk | २०८१ जेठ १६, बुधबार

नागरिकता विवादमा पक्राउ परेका कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् ।
सिरोहियाको स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा गरिएको जनाइएको छ । उनलाई धनुषाको जिल्ला सहकारी वकिलको कार्यालयले पठाएको स्वीकृति पत्रको आधारमा ललितपुर प्रहरीले सिरोहियाका छोरा सम्भव सिरोहियाको जिम्मा लगाएको हो ।
उनलाई गत जेठ ८ गते थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो ।
जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे सोधपुछ गर्न सिरोहियालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पछि तेस्रो पटक म्याद थपपछि सिरोहियालाई उपचारका लागि भन्दै मंगलबार हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।
Categorized in राष्ट्रिय