इंग्लिस प्रिमियर लिगको ६ जनामा कोरोनाभाइरस पोजेटिभ
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ७, बुधबार

इंग्लिस प्रिमियर लिगको ३ क्लबका ६ जनामा कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ ।
आइतबार र सोमबार लिगका ३ क्लबको ७ सय ४८ खेलाडी र स्टाफमा गरिएको परीक्षणमा ६ जनामा पोजेटिभ संक्रमण देखिएको हो ।
तीमध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारीको साथमा बर्नलेका सहायक प्रशिक्षक ड्यान वोइन रहेका छन् ।
अरु दुई जना अरु क्लबका खेलाडी भनिएपनि उनीहरुको नाम भने खुलाइएको छैन ।
संक्रमण देखिएका खेलाडी र कर्मचारीहरु आउँदो सात दिन सेल्फ क्वारेन्टाइनमा रहेको बताइएको छ ।
कोरोना भाइरस महामारीको कारण १३ मार्चदेखि स्थगित भएको प्रिमियर लिग आउदो १२ जुनदेखि सुचारू गर्ने तयारी गरिएको छ ।
त्यसका लागि क्लबहरूले मंगलबारदेखि सानो समूहमा नन–कन्ट्याक ट्रेनिङ शुरु गरेका छन् ।
प्रिमियर लिगले प्रशिक्षण सुचारु गर्नु अघि खेलाडि र कर्मचारीहरुको परिक्षण गर्ने क्रममा पहिलो चरणको परिक्षण गरेको हो ।
लिगको यस सिजनमा २० क्लबले ९२ खेल खेल्न अझै बाँकी छ । लिगका खेल १२ जुनदेखि सुचारु गर्ने तयारी रहेपनि अब केहि समय धकेलिने भएको छ ।
यस सिजनमा लिभरपुल अग्रस्थानमा छ भने दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटि लिभरपुल भन्दा २५ अङ्कले पछि छ ।
Categorized in स्पाेर्ट्स