arin enterprises

संक्रमित ६ जनाले जिते भाइरसलाई, भोलि डिस्चार्ज हुँदै

SamacharDesk – विकाश | २०७७ बैशाख २३, मंगलबार

कोरोना भाइरस संक्रमण पुष्ति भएपछि पछि विराटनगरमा उपचाररत ६ जना भारतीय नागरिक निको भएका छन् ।

पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण नदेखिएको बताइएको छ । 

उनीहरुको स्वाब कोशी अस्पतालको ल्याबमा तीन पटक परीक्षण गरिएको थियो । तीन पटकसम्मको परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई भोलि बिहान डिस्चार्ज गर्न लागिएको हो ।

डिस्चार्ज गरिएपनि उनीहरुलाई एक साता विराटनगरको रानीमा स्वास्थ्यकर्मीको निगरानीमा राखिने बताइएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो  । उनीहरुमध्ये ६ जना निको भएका हुन् ।

यी ६ जनासहित संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२ पुगेको छ ।

यसअघि संक्रमण निको हुने १६ मध्ये तीन जना जनामा भने फेरि संक्रमण देखिएर अस्पताल भर्ना भएका छन् ।

नेपालमा हालसम्म कुल ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

Categorized in राष्ट्रिय