arin enterprises

छैटौं सम्झना कप माघको तेस्रो सातावाट

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ ८, सोमबार

टेबल टेनिस क्लबको आयोजनामा छैटौं संस्करणको सम्झना कप अन्तराष्ट्रिय टेबल टेनिस प्रतियोगिता माघको तेस्रो सातावाट सुरु हुने भएको छ ।

आज क्लबले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यस प्रतियोगीताबारे जानकारी दिएको हो ।

आउँदो माघ १६ गतेदेखि माघ २० गते सम्म लैनचौरस्थित अखिल नेपाल टेबल टेनिस संघमा प्रतियोगीता सुरु हुने क्लबले जनाएको छ ।

नेपालबाट मात्र नभई मित्र राष्ट्र भारतवाट १६ पुरुप ८ महिला र चीनवाट २ महिला खेलाडी गरि ३०९ खेलाडीको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम,मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० बर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० बर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (५५ बर्षमाथि), यु–१६ ब्वाइज र यु–१६ गल्र्स सिंगल्स गरेर ९ स्पर्धा छन् ।

सोही पत्रकार सम्मेलनमा आयोजक क्लब, प्रतियोगीताको मुख्य प्रायोजक सम्झना ल्याबेरोटरी क्लिनिक र हस्पिटालिटि पार्टनर नेपाली घर बीच सम्झौता भएको थियो ।

जम्मा २३ लाख ३५ हजार बजेट अनुमान गरिएको प्रतियोगीतको ५० प्रतिशत रकम मुख्य प्रायोजकले उपलब्ध गराउने छ भने २५ प्रतिशत रकम हस्पिटालिटि पार्टनरले उपलब्ध गराउने बताइएको छ । प्रतियोगीतलाई सबैभन्दा ठुलो धनराशी पुरस्कारको दावी गरिएको छ । प्रतियोगीतामा पाँच लाख ८० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले बताएको छ ।

मेन्स÷बुमेन्स टिम स्पर्धामा प्रथम, द्वितीय र तृतिय (दुवै सेमिफाइनलिष्ट) टिमहरुलाई क्रमश रु ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार दिने क्लबले जनाए । मेन्स/बुमेन्स सिंगल्स स्पर्धामा तर्फ भने प्रथम, द्वितीय र तृतिय (दुवै सेमिफाइनलिष्ट) टिमहरुलाई क्रमश रु ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार दिइने छ ।

यस्तै यु–१६ सिंगल्स/भेट्रान सिंगल्सतर्फ प्रथम, द्वितीय र तृतिय (दुवै सेमिफाइनलिष्ट) टिमहरुलाई क्रमश रु २० हजार , १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

सम्झना ल्याबोरेटोरीकी अध्यक्ष रजना जोशीले बिगत छ बर्षदेखि प्रतियोगितालाई निरन्तर रुप प्रायोजन गर्दै आएको बताइन् ।

कार्यक्रमलाई मात्र नभई खेलकुदको विकासको लागि कराँटे, ब्याटमिन्टन जस्ता अन्य विभिन्न खेलकुद प्रतियोगितामा पनि प्रायोजन गर्दै आएको जानकारी रजना जोशीले दिइन् ।

‘टेबल टेनिस् टोल, स्कुल कलेज जस्ता विभिन्न ठाँउमा धेरै जसोले खेल्ने खेल हो । यहि टेबल टेनिस्को विकासको लागि नै हामिले यस्तो प्रतियोगिता आयोजना गरेको हो’ ललितपुर टेबल टेनिस् क्लबका अध्यक्ष उर्दीप जोशीले बताए ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा बार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता हुन लागेको हो ।

 

Categorized in स्पाेर्ट्स