स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २, शनिबार

अष्ट्रेलियन ब्याटस् म्यान स्टिभ स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् ।
हातको नाँडीमा चोट लागेको कारण स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका हुन् ।
अष्ट्रेलियाले स्मिथलाई टी–ट्वान्टी मा ओपनिङ गराउने तयारी गरेको थियो । उनी बाहिरिएपछि अष्ट्रेलियाले टी–ट्वान्टी आईमा एश्टन टर्नर र ओडिआईमा मार्नस लाबुसेनलाई टोलीमा बोलाएको छ ।
त्यस्तै अष्ट्रेलियाले दक्षिण अफ्रिका भ्रमणमा प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड, क्यामरन ग्रीन र डेविड वार्नरलाई विश्वकपलाई ध्यानमा राख्दै टी–ट्वान्टी सिरिजमा विश्राम दिएको छ ।
Categorized in स्पाेर्ट्स