arin enterprises

टी–२० विश्वकप क्रिकेट २०२२ : नेपाल सिधै ग्लोबल क्वालिफायरमा

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २९, सोमबार

सन् २०२२ मा अस्ट्रेलियामा हुन गइरहेको टी २० विश्वकप क्रिकेटका लागि नेपालले सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आज जारी गरेको टी २० विश्वकप २०२२ को छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो ।

नेपालसँगै यूएई, सिंगापुर र जिम्बावेले पनि सिधै ग्लोबल क्वालिफायरमा खेल्ने भएका छन् । टी–२० वरियतामा अगाडि रहेको आधारमा नेपालसहित चार टिमले सिधै ग्लोबल क्वालिफार खेल्न पाउने भएको हो ।

ग्लोबल छनोटमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछ । यसमा शीर्ष चार टीमले विश्वकपमा स्थान बनाउनेछ ।

क्षेत्रीय छनोटबाट ८ टोली र सन् २०२१ को टि २० विश्वकप खेलेका विश्व वरियताको पुछारमा रहेका ४ टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।

क्षेत्रीय छनोटमा भने अमेरिका र युरोपबाट २/२ टोली र अफ्रीका र पूर्वी एसियाबाट १/१ टोली छनोट हुनेछन् । एसिया छनोटको दुवै समूहबाट १/१ टोलीले ग्लोबल छनोटमा खेल्नेछन् ।

१३ महिनाको दौरान कुल २ सय २५ खेलबाट छनोट प्रक्रिया चल्नेछ ।

Categorized in स्पाेर्ट्स