arin enterprises

ई ले सोधे, ‘यो देशमा किन फर्किने ?’

SamacharDesk – बिराज | २०८२ मङ्सिर २५, बिहिबार

सामाजिक अभियन्ता ‘ई’ ले हेटौंडामा डोजर चलाई पाँच सय बढि घर भत्काइनुलाई वर्तमान सुशीला कार्की नेतृत्वको सरकारको तानाशाही कार्य भनेका छन् ।

सामाजिक संजाल फेसबुकको आफ्नो वालमा लेख्दै अभियन्ता ‘ई’ ले यस्तो भनेका हुन् ।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशका वावजुद अदालतको पत्र प्राप्त नभएको भन्दै गत शनिवार विहानैबाट हेटौंडामा ५३१ घरटहरा भत्काइएको थियो ।

उक्त घटनाको सम्वन्धमा फेसबुक वालमा अभियन्ताले ई ले लेखे, ‘निर्वाचनमुखी नागरिक सरकारको तानाशाही कार्यलाई ढाकेर ढाक्न सकिँदैन । यसरी तपाईँहरूको ढाल बन्ने नैतिक सामथ्र्य कुनैपनि समर्थकमा रहन्न ।’

ई ले ध्वंशमा रमाएर आफ्नै ध्वंशको बाटो निर्माण गर्दै जानुहुन्छ भने हामीले के भन्ने ? के गर्ने ? भन्दै प्रश्न पनि गरेका छन् ।

आफ्नो स्टाटसमा ई ले यसरी अदालतको पत्र प्राप्त नभएको भन्दै संरचनाहरु भत्काउने अभ्यास काठमाडौंमा पहिल्यै भईसकेको र यो अभ्यासको स्थानान्तरण हेटौंडामा हुनु संयोडको विषय नभएको पनि भनेका छन् ।

‘मकवानपुरका वर्तमान प्रजिअ केही समय अगाडि काठमाडौँ महानगरका प्रप्रअ थिए । यो अभ्यासको स्थानान्तरण र सामान्यीकरण संयोगको विषय होइन । लोकरिझ्याईँको उन्मादमा तालीथपडी दिने अनि आफूलाई परेपछि पुर्पुरोमा हात राख्ने सामाजिक ध्वनिमत मूलरूपले दोषी छ’ ई लेख्छन् ।

मकवानपुरका वर्तमान प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी केही समय अगाडि काठमाडौँ महानगरका प्रमुख प्रशासकिय अधिकृत थिए ।

राजधानीमा डोजर चल्दा बजेको तालीले आज लालपूर्जा भएका, राज्यलाई कर तिरिरहेका, हेटौँडाका स्थापनाकाल बासीलाई सडकमा पु–याएको ई को भनाई छ ।

यसले राजधानीका नदीखोला वरपर थप बीस मीटर लालपूर्जे सम्पति समाप्त पार्ने बाटो पनि खोलेको पनि ई ले लेखेका छन् ।

व्यक्तिगत सम्पतिको सुनिश्चितता तथा आम नागरिकप्रति न्यून जिम्मेवारी र करुणा नभएको देशमा सम्पति किन जोड्ने ? फर्केर किन आउने ? भविष्य कुन आधारमा कोर्ने ? भनेर पनि ई ले प्रश्न गरेका छन् । 

Categorized in राष्ट्रिय