आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ
SamacharDesk – समाचारडेस्क क्राइम रिपाेर्टर | २०८० चैत्र २७, मंगलबार

आफ्नै बुबाको हत्या गरेको आरोपमा संखुवासभामा एक जना पुरुष पक्राउ परेकाे छ ।
संखुवासभाको पाँचखपन नगरपालिका–२ गैरीगाँउ बस्ने २८ वर्षीय सुमन राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
राईलाई आफ्नै बुबा ५० वर्षीय युवराज राईको हत्या गरेको अभियोग लागेको छ ।
अनुसन्धानको क्रममा बुबाछोरा बीच वादविवाद भई सुमनले कुटपिट गर्दा गम्भीर घाइते भएका युवराजको मृत्यु भएको देखिएको प्रहरीले बताएको छ ।
सुमनको कुटपिट पछि घाइते भएका युवराजलाई उपचारको लागि स्वास्थ्य चौकी स्याबुन लगिएको थियो । थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पु¥याइएकोमा सोही अस्पतालमा उपचारको क्रममा युवराजको मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध